१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

नक्कली मह बनाएर बिक्री गरेको खुलासा



काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा नक्कली मह बनाएर व्यावसायिक रुपमा विक्री वितरण गर्ने गरेको पाईएको छ ।

सोमबार बिहान कामपा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीलले गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पारेको छ । होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान राखी उक्त स्थानबाटनै व्यावसायिक रुपमा मह बनाउने र विक्री गर्ने गरेको पाईएको छ ।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटलमा अनुगमन टोली पुग्दा अन्य व्यापारी मह बेच्न बाहिर गएका थिए ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरुले साँझ मह बनाउने र दिउँसो बेच्ने गरेका थिए । पराजुलीका अनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् ।

अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् अध्ययन भइरहेको बताइएको छ ।

अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ ।

त्यहाँ नौ किलो १८६ ग्रामका २८ पोका मह बनाउने सामग्री र र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सामग्रीको सानातिना धेरै पोका छन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : १५ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको