११ श्रावण २०८३, सोमबार | July 28, 2026

नक्कली मह बनाएर बिक्री गरेको खुलासा



काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा नक्कली मह बनाएर व्यावसायिक रुपमा विक्री वितरण गर्ने गरेको पाईएको छ ।

सोमबार बिहान कामपा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीलले गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पारेको छ । होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान राखी उक्त स्थानबाटनै व्यावसायिक रुपमा मह बनाउने र विक्री गर्ने गरेको पाईएको छ ।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटलमा अनुगमन टोली पुग्दा अन्य व्यापारी मह बेच्न बाहिर गएका थिए ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरुले साँझ मह बनाउने र दिउँसो बेच्ने गरेका थिए । पराजुलीका अनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् ।

अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् अध्ययन भइरहेको बताइएको छ ।

अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ ।

त्यहाँ नौ किलो १८६ ग्रामका २८ पोका मह बनाउने सामग्री र र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सामग्रीको सानातिना धेरै पोका छन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : १५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला