२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ



कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-९ सिदिङ घर भई हाल पोखरा-५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा-४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना-४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा-१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा-१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका-१४ भोटेचौतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएको र तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुुमार श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद रु एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरु, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको बताइन्छ ।

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ५१ बजे

विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा जना पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको