१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यसवर्ष घटस्थापनादेखि दशैं विदा दिन सरकारलाई सचिवहरुको सुझाव



काठमाडौं । कोरोना भाइरसको महामारी थेगिनसक्नु अवस्थामा पुगेको भन्दै विभिन्न मन्त्रालयका सचिवहरुले घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरु बन्द गर्न सुझाव दिएका छन् ।

कोरोना संक्रमण सरकारी कार्यालयहरुमै धेरै फैलिएपछि सचिवहरुले यसवर्षका लागि घटस्थापनाका दिनदेखि नै कार्याहरु बन्द गर्न मुख्यसचिव शंकरदास बैरागीमार्फत सरकारलाई सुझाव दिएका हुन् ।

सरकारको केन्द्रीय सचिवालय सिंहदरबारदेखि विभिन्न कार्यालयहरुमा यतिबेला धमाधम कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, कोभिड १९ विपद् व्यवस्थापन केन्द्र, काठमाडौं जिल्ला प्रशासन लगायतका प्रशासनिक केन्द्रमा काम गर्ने कैयौं कर्मचारीमा कोरोना संक्रमण भैसकेको छ । कतिपय कार्यालयहरुले आफ्नो सेवा यसअघि नै कटौती गरिसकेका छन् ।

पछिल्ला केही दिन यता संघीय सरकारका २ मन्त्री समेत कोरोना संक्रमित भएका छन् । सचिवहरुले मुख्यसचिव बैरागीलाई भेटेर कार्यालयहरुमा थप संक्रमण फैलिन नदिन विदाको आग्रह गरेका हुन् । तिब्र संक्रमण फैलिन नदिन दशैं विदा लम्ब्याउनु उपयुक्त विकल्प हुने सचिवहरुको सुझाव छ ।

विदा लामो भएपनि यसवर्ष विगतमा जस्तो दशैं मनाउन नहुने स्वास्थ्य विज्ञहरुले सुझाव दिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं मनाउने क्रममा हुने भेटघाटले संक्रमण फैलिन मद्दत पुग्ने भन्दै जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन निरन्तर आग्रह गरिरहेको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा यसपटकको दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गरेका थिए ।

दशैंमा विदा फूलपातीका दिन देखिमात्र ५ दिनसम्म हुनेगर्छ । यसवर्षको नियमित दशैं विदा कात्तिक ७ गते फूलपातीका दिनदेखि कात्तिक ११ गते एकादशीका दिनसम्म रहेको छ ।

यद्यपी, विदा दिने या नदिने भन्नेबारे सरकारले कुनै निर्णय गरिसकसको छैन । विदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नुपर्छ । सरकारले काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकालिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले त २५ हजार सक्रिय संक्रमित नाघे पुनः लकडाउन लगाउनुपर्ने सुझाव यसअघि नै सरकारलाई दिइसकेको थियो । अहिले सक्रिय संक्रमितहरु ३६ हजार पुगिसकेका छन् ।

यद्यपी, निकै लामो बन्दाबन्दी हटाएपछि कोरोना संक्रमणकै बीचमा पनि आम मानिसको जनजीवन सहज बन्दै गएको अवस्थामा पुनः लामो विदा दिँदा या बन्दाबन्दीको विकल्प उचित नहुने सरकारको बुझाई रहेको छ ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : २७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्