२ मंसिर २०८२, मंगलबार | November 18, 2025

प्रदेश लोक सेवाले पहिलो पटक माग्यो ठुलो संख्यामा कर्मचारी



बुटवल । प्रदेशमा लोक सेवा आयोग स्थापनि भएपछि पहिरो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनीयरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ ।

आयोगले प्रकाशन गरेको कर्मचारी माग सम्बन्धि सुचनामा स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जनाको कर्मचारी माग गरेको हो । आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको छ ।

आयोगले बुधबार जारी गरेको सुचना अनुसार इन्जिनीयरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको छ । इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनीयर लगायतका पदमा कर्मचारी माग गरिएको लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सुुर्यप्रसाद भुुषालले जानकारी दिए ।

भुषालका अनुसार निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि राखिएको छ । ईच्छुक नागरिकले दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३७ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो