३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

भारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउँदै, नेपाली सेनाले मानार्थ प्रधानसेनापतिको उपाधी दिने



काठमाडौं । भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे आगामी कार्तिक महिनामा नेपाल भ्रमण गर्ने भएका छन् ।

नरवाणेलाई भ्रमणका क्रममा नेपाली सेनाले मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने भएको छ ।

भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेपालमा प्रदर्शन हुँदा अर्को कुनै देशबाट नेपालीहरु परिचालित भएको विवादास्पद टिप्पणी गरेका थिए ।

नेपाली सेनाले बुधबार विज्ञप्ति जारी गर्दै नरवाणेको नेपाल भ्रमण निश्चित भएको जनाउँदै उपाधी प्रदान गर्न लागिएको जनाएको छ ।

नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्को देशमा मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने प्रचलन रहिआएको छ ।

नयाँ प्रधानसेनापति भएलगत्तै दुवै मुलुकका सेनापतिले एक अर्को देशको पहिलो भ्रमण गरी मानार्थ उपाधी ग्रहण गर्नेगर्छन् ।

तर, नरवाणे भारतीय सेनाको सेनाध्यक्ष भएको लामो समयपछि मात्रै नेपाल आउन लागेका हुन् । नरवाणेको भ्रमणलाई भने नेपालको मन्त्रिपरिषद्ले २०७६ माघ २० गते नै स्वीकृति दिएको थियो ।

भारतले सीमा अतिक्रमण गरेपछि नेपालमा तिब्र विरोध भएपछि र नेपाल सरकारले अतिक्रमित नेपाली भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेपछि नरवाणेले नेपाल विरुद्ध टिप्पणी गरेका थिए ।

यद्यपी, कोरोना महामारीका कारण नरवाणेको नेपाल भ्रमण रोकिएको दुवै मुलुकका अधिकारीहरुले बताउने गरेका छन् ।

चीनसँग सीमा विवाद हुँदा दर्जनौं पटक प्रत्यक्ष वार्ता गरेको भारतले नेपालसँग भने वार्ता नै नगरी अल्झाउने रणनीति लिइराखेको छ ।

नरवाणेको नेपाल भ्रमणलाई अब दुई मुलुकबीचको सम्बन्ध सुधारको संकेतका रुपमा समेत बुझ्न सकिन्छ ।

यसबीचमा भारतसँग सम्बन्ध पुनः सामान्य बनाउन नेपालले निकै मेहनत समेत गरेको छ ।

 

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ३१ बजे

कंगोमा इबोला संकट गम्भीर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी

जबजको वैचारिक विरासतले जनताको पक्षमा दृढ रहन प्रेरित गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध