११ श्रावण २०८३, सोमबार | July 28, 2026

भारतीय सेना प्रमुखलाई मानर्थ महारथीको दर्जा दिने परम्परा सच्चाउन माग



काठमाडौं । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी लगाईदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताएका छन् ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दज्र्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउँदै छन् । नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन रहदै आएको छ ।

विभिन्न सञ्चार माध्यम र छापाहरुमा सन १९५० देखि दुबै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पद्बी दिदै आएको उल्लेख गरिएको पाइन्छ । तर सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने विक्रम सम्बत २०२० जेठ २५ गते राजा महेन्द्र शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसा (मानेक साह) लाई नेपाली सेनाको मानार्थ महारथी पद्बी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथि पद्बी दिने प्रचलन सुरु भएको बताएका छन् ।

थापाले अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाण अनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दज्र्यानी नै पहिलो भएको बताउँछन् । यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधान सेनापति रहनुभएका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको पद्बी दिएको लिखित प्रमाण रहको पनि बताए ।

उनी भन्छन्, ‘त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पद्बी दिने प्रचलन बसेको हो । तर २०४४ साल देखि २०४८ साल सम्मका नेपाली सेनाका प्रधान सेनापति महारथी सच्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पद्बी लिएका थिएनन् ।’

तत्कालिन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतको बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालिन प्रधान सेनापति जबराले भारत भ्रमण गरेनन । त्यसैकारण उनलेले पद्बी नलिएको थापाले बताए ।

नेपालमा एकमात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पद्बी दिने गरिएको छ । दुबै देशका राष्ट्रपतिले सेना प्रमुखलाई मानार्थ महारथीको पद्बी दिने परम्परा रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ५ : ३७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला