६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

भारतीय सेना प्रमुखलाई मानर्थ महारथीको दर्जा दिने परम्परा सच्चाउन माग



काठमाडौं । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी लगाईदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताएका छन् ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दज्र्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउँदै छन् । नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन रहदै आएको छ ।

विभिन्न सञ्चार माध्यम र छापाहरुमा सन १९५० देखि दुबै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पद्बी दिदै आएको उल्लेख गरिएको पाइन्छ । तर सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने विक्रम सम्बत २०२० जेठ २५ गते राजा महेन्द्र शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसा (मानेक साह) लाई नेपाली सेनाको मानार्थ महारथी पद्बी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथि पद्बी दिने प्रचलन सुरु भएको बताएका छन् ।

थापाले अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाण अनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दज्र्यानी नै पहिलो भएको बताउँछन् । यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधान सेनापति रहनुभएका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको पद्बी दिएको लिखित प्रमाण रहको पनि बताए ।

उनी भन्छन्, ‘त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पद्बी दिने प्रचलन बसेको हो । तर २०४४ साल देखि २०४८ साल सम्मका नेपाली सेनाका प्रधान सेनापति महारथी सच्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पद्बी लिएका थिएनन् ।’

तत्कालिन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतको बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालिन प्रधान सेनापति जबराले भारत भ्रमण गरेनन । त्यसैकारण उनलेले पद्बी नलिएको थापाले बताए ।

नेपालमा एकमात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पद्बी दिने गरिएको छ । दुबै देशका राष्ट्रपतिले सेना प्रमुखलाई मानार्थ महारथीको पद्बी दिने परम्परा रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ५ : ३७ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा