९ चैत्र २०८१, शनिबार | March 22, 2025

कोरोनापछि जागेको ‘गुमनाम गुर्जो’, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ



काठमाडौं । गुर्जोविश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् ।

तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन् । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।

मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो ।

नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको कोइरालाले बताए ।

रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टिजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले जानकारी दिए ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमाली छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चासम्म खान सकिन्छ ।

कोभिड–१९ संक्रमणसँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटकसम्मखान सक्ने उनको भनाइ छ ।

गुर्जो गर्भवती महिला र गम्भिर प्रकृतिका विरामीहरुले खान नहुने डा. कोइरालाले जानकारी दिए । तर यो सबै उमेरकाले खान हुने पनि उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ५८ बजे

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात

खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल

भुर्तुङ समाजद्धारा मानवसेवा आश्रममा सहयोग

बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफको पोल्टामा

बुटवल । बुटवल ब्याडमिन्टन क्लबद्वारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा

सिरहामा दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडितबाट प्रहरीमा जाहेरी

दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडित परिवारबाट प्रहरीमा

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले