७ बैशाख २०८३, सोमबार | April 20, 2026

कोरोनापछि जागेको ‘गुमनाम गुर्जो’, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ



काठमाडौं । गुर्जोविश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् ।

तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन् । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।

मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो ।

नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको कोइरालाले बताए ।

रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टिजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले जानकारी दिए ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमाली छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चासम्म खान सकिन्छ ।

कोभिड–१९ संक्रमणसँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटकसम्मखान सक्ने उनको भनाइ छ ।

गुर्जो गर्भवती महिला र गम्भिर प्रकृतिका विरामीहरुले खान नहुने डा. कोइरालाले जानकारी दिए । तर यो सबै उमेरकाले खान हुने पनि उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ५८ बजे

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज