३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

केन्द्रको विषयमा विवाद हुदा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते



बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ ।

सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए ।

केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

यस्तै झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् भने सङ्घर्षरत पक्षका ६ जना घाइते भएका छन् । अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ ।

सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन । रासस

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ८ : १२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र