९ चैत्र २०८१, शनिबार | March 22, 2025

नवनियुक्त सञ्चारमन्त्री गुरुङ भन्छन्, – बाङ्गोटिङ्गो बाटोबाट सुझाव दिनेहरुको कुरा सुन्दिन



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् ।

कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनकालागि मन्त्रालयले आफ्नो काम गर्ने समेत गुरुङले बताए । यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने स्पष्ट पारे ।

कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहनुभएका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन् ।

जिम्मेवारी पाएसँगै गुरुङले बिहीबार दिउँसो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ३ : २५ बजे

‘सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ’

बागलुङ । पूर्वउपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर

बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात

खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल

भुर्तुङ समाजद्धारा मानवसेवा आश्रममा सहयोग

बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम