१४ असार २०८३, आइतबार | June 28, 2026

आमसञ्चारसम्बन्धी विधेयकमा सुझाव दिन सञ्चारमन्त्रीको आग्रह



काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषदमा विचाचाराधीन रहेकाले त्यसमा समावेश गर्नुपर्ने सुझाव दिन नेपाल पत्रकार महासङ्घलगायत सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकार सबै श्रमजीवी पत्रकार र सञ्चारकर्मीका माग र सुझावलाई ग्रहण गर्न सकेसम्म कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट गरे।

मन्त्री गुरुङले आजै सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र ९प्रेस पास०लाई सरलीकृत गर्न उक्त पासको आवेदन लिन र नवीकरण गराउन जिल्लास्थित सबै हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको घोषणा गरेका थिए थियो । प्रेस पासका लागि पत्रकार दूरदराजबाट काठमाडौँ धाउनुपर्ने झञ्झटिलो र खर्चिलो प्रक्रियालाई अन्त्य गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीस्तरको निर्णयबाट उक्त नयाँ व्यवस्था गरिएको हो ।

उनले पहुँच हुनेले मात्रै राज्यबाट प्राप्त सुविधा सहजरुपमा पाउने र पहुँच नहुनेले पाउन गाह्रो हुने स्थिति लोकतान्त्रिक हुन नसक्ने भएकाले सबै श्रमजीवी पत्रकारलाई जहाँ रहेर पनि हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गराउन सक्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको जानकारी दिए ।

अधिकार प्रत्यायोजनसँगै प्रेस पास नवीकरण जिल्ला हुलाक कार्यालयबाट हुने भएको छ भने नयाँ प्रेस पाउनका लागि पत्रकारले तिनै कार्यालयमा आवेदन दिन सक्नेछन् । त्यस्ता आवेदनलाई अनलाइन प्रक्रियाबाट सूचना तथा प्रसारण विभागले स्वीकृति दिएपछि प्रेस पास वितरण जिल्लास्तरबाटै हुनेछ । नेपाल सरकारका प्रवक्ता गुरुङले प्राप्त अधिकार र जिम्मेवारीलाई गर्वका रुपमा लिई काम गर्न जिल्ला हुलाक कार्यालयका प्रमुखलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ४६ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल