११ श्रावण २०८३, सोमबार | July 28, 2026

सिस्ने गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषणा



रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कमला रोकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्दै गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालयको सक्रियताले सरकारको लक्ष्यलाई सघाउँदै पूर्ण खोप सुनिश्चित भएकाका सम्बद्ध पक्षलाई धन्यवाद दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् उनले पछिल्लो समय अभिभावकमा पनि नियमीत खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्‍याउनुपर्छ भन्ने चेतनाको विकास हुदै गएको बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिकाका जन्मेदेखि १५ महिनासम्मका पाँच सय २१ जना र १६ देखि २३ महिना सम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि पूर्ण खोप घोषणा गर्ने आधार तय भएको जनाए ।

गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउने गरिएको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ०८ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला