५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना बारे भ्रम छर्ने भिडियो युट्युवले हटाउने



एजेन्सी । युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।’

स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाइ छ । गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ ।

कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता