२० मंसिर २०८२, शनिबार | December 6, 2025

सवारी साधनमा तोकेभन्दा दोब्बर भाडा असुली, स्वास्थ्य मापदण्ड पनि पालना भएन



काठमाडौं । सरकारले तोकेको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका लामो तथा मध्यम दूरीका यातायातका साधनलाई कारबाही गरिएको छ ।

यातायात व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले बिहीबार कलङ्कीमा अनुगमन गरी कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार अधिकांश सार्वजनिक यातायातले तोकेको भाडा दरभन्दा बढी भाडा लिएको, सामाजिक दूरी कायम हुनेगरी सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्नेमा पूर्ण रूपमा यात्रु राखेको, स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । कलङ्की अनुगमनमा पुगेका भट्टले भने, ‘अधिकांशले बढी भाडा लिएका छन् ।

माइक्रोबसले टिकट नै नदिएर पैसा उठाएका छन् । स्वास्थ्य प्रोटोकल कायम छैन । जति पनि यात्रु राखेको पाइयो, तिनीहरूलाई कारबाही हुन्छ ।’

बिहीबार कलङ्कीमा २ः०० देखि ४ः०० बजेसम्म अनुगमन गरिएको थियो । १७ वटा सार्वजनिक यातायातलाई अनुगमन गर्दा सबैले कुनैले पनि मापदण्ड पूरा नगरेको र भाडा मनलाग्दी उठाएको पाइएको हो ।

नेपाल यातायात व्यवसायी राष्टिय महासङ्घले तोकेको भाडाभन्दा बढी लिन नपाइने तर केहीले आफूखुसी गरिरहेको बताएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘बढी भाडा लिन पाइँदैन, कानुन सबैले मान्नुपर्छ ।

कानुन उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ तर यातायात व्यवसायमा अन्योल देखिएको छ । मन्त्रिपरिषद्को निर्णयले भाडा घटायो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले