१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देहीमा लागु भएन सार्वजनिक यातायात सञ्चालनको निर्णय



बुटवल । मन्त्रिपरिषदले असोज १ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर लामो तथा छोटो दुरीका सवारी साधान संचालन गर्ने निर्णय गरेपनि रुपन्देहीमा भने असोज १ गतेबाट मन्त्रिपरिषदको निर्णय कार्यान्वयन भएको छैन ।

मन्त्रिपरिषदको निर्णय पूर्व प्रमुख जिल्ला अधिकारीको आदेशले असोज ४ गते सम्म कतिपय सेवाहरु सञ्चालनमा निषेध गरेका कारण रुपन्देहीमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुने भएको हो ।

निर्णय सार्वजानिक भएसंगै गन्तब्य पुग्न तयारी गरेको सर्वसाधारणले असोज १ मा सडकमा सार्वजानिक सवारी साधन नदेखेपछि यात्रा स्थगित गरेको बताएका छन् । सरकारको निर्णय पढेर नजिकैको गन्तब्य पुग्न निस्केका त्यस्ता सर्व साधारण फेरि झोला बोकेर घर फर्केका थिए ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारको नियमित पत्रकार सम्मेलनमा असोज १ गते देखि मापदण्ड बनाएर सार्वजनिक यातायात सेवा सन्चालनमा ल्याईने निर्णय भएको बताएका थिए ।

सरकारले सोमवारको मन्त्रीपरिषदबाट यात्रु संगै चालक, सह चालक, परिचालकले अनिवार्य मास्क, पन्जा, स्यानिटाइजर, फेसभाइजर लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले जानकारी गराएका थिए ।

सरकारले निर्णय गरेपनि यस अघि भएको निर्णय जारी रहेकाले जिल्लाको कोभिड क्राईसीस् मेनेजमेण्ट सेण्टरले सबैको समन्वयमा निर्णय गरेपछि मात्र सार्वजानिक सवारी साधन र होटल सञ्चालन हन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए ।

‘अन्य ब्यवसायलाई खुल्ला गरि सकएको भएपनि सार्वजानिक यातायात र होटललाई कस्तो मापदण्ड अपनाएर खोल्न दिने भन्ने बिषयमा छलफल हुंदैछ’, प्रजिअ घिमिरेले भने ।

उता यातायात ब्यवसायीहरुले असोज १ मा बिश्वकर्मा पुजा परेको र स्थानीय प्रशासनले यातायातमा बन्दाबन्दी जारी राखेकाले सवारी साधन बाहिर ननिकालेको बताएका छन् । पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले स्थानीय प्रशासनको आधिकारीक निर्णय कुरेर बसिरहेको बताए ।

सरकारले निर्णय गर्दा यातायात तथा हवाई यातायातमा अपनाउनु पर्ने सुरक्षाको मापदण्डका बिषयमा निर्धारण गरिएपनि होटल सञ्चालनको मापण्ड भने निर्धारण गरेको छैन ।

सरकारले सार्वजनिक सवारी साधनले नियमित भन्दा ५० प्रतिशत धेरै भाडा लिएर सिट क्षमताको आधामात्र यात्रु राख्न पाइने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ११ : ०१ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७