१० श्रावण २०८३, आइतबार | July 26, 2026

रुपन्देहीमा लागु भएन सार्वजनिक यातायात सञ्चालनको निर्णय



बुटवल । मन्त्रिपरिषदले असोज १ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर लामो तथा छोटो दुरीका सवारी साधान संचालन गर्ने निर्णय गरेपनि रुपन्देहीमा भने असोज १ गतेबाट मन्त्रिपरिषदको निर्णय कार्यान्वयन भएको छैन ।

मन्त्रिपरिषदको निर्णय पूर्व प्रमुख जिल्ला अधिकारीको आदेशले असोज ४ गते सम्म कतिपय सेवाहरु सञ्चालनमा निषेध गरेका कारण रुपन्देहीमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुने भएको हो ।

निर्णय सार्वजानिक भएसंगै गन्तब्य पुग्न तयारी गरेको सर्वसाधारणले असोज १ मा सडकमा सार्वजानिक सवारी साधन नदेखेपछि यात्रा स्थगित गरेको बताएका छन् । सरकारको निर्णय पढेर नजिकैको गन्तब्य पुग्न निस्केका त्यस्ता सर्व साधारण फेरि झोला बोकेर घर फर्केका थिए ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारको नियमित पत्रकार सम्मेलनमा असोज १ गते देखि मापदण्ड बनाएर सार्वजनिक यातायात सेवा सन्चालनमा ल्याईने निर्णय भएको बताएका थिए ।

सरकारले सोमवारको मन्त्रीपरिषदबाट यात्रु संगै चालक, सह चालक, परिचालकले अनिवार्य मास्क, पन्जा, स्यानिटाइजर, फेसभाइजर लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले जानकारी गराएका थिए ।

सरकारले निर्णय गरेपनि यस अघि भएको निर्णय जारी रहेकाले जिल्लाको कोभिड क्राईसीस् मेनेजमेण्ट सेण्टरले सबैको समन्वयमा निर्णय गरेपछि मात्र सार्वजानिक सवारी साधन र होटल सञ्चालन हन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए ।

‘अन्य ब्यवसायलाई खुल्ला गरि सकएको भएपनि सार्वजानिक यातायात र होटललाई कस्तो मापदण्ड अपनाएर खोल्न दिने भन्ने बिषयमा छलफल हुंदैछ’, प्रजिअ घिमिरेले भने ।

उता यातायात ब्यवसायीहरुले असोज १ मा बिश्वकर्मा पुजा परेको र स्थानीय प्रशासनले यातायातमा बन्दाबन्दी जारी राखेकाले सवारी साधन बाहिर ननिकालेको बताएका छन् । पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले स्थानीय प्रशासनको आधिकारीक निर्णय कुरेर बसिरहेको बताए ।

सरकारले निर्णय गर्दा यातायात तथा हवाई यातायातमा अपनाउनु पर्ने सुरक्षाको मापदण्डका बिषयमा निर्धारण गरिएपनि होटल सञ्चालनको मापण्ड भने निर्धारण गरेको छैन ।

सरकारले सार्वजनिक सवारी साधनले नियमित भन्दा ५० प्रतिशत धेरै भाडा लिएर सिट क्षमताको आधामात्र यात्रु राख्न पाइने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ११ : ०१ बजे

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत