१४ असार २०८३, आइतबार | June 28, 2026

बुढीगण्डकीमा ९ अर्ब बाँडेर खाएको आरोप निराधार : प्रधानमन्त्री ओली



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा आफुसहित तीन नेताले ९ अर्ब बाँडेर खाएको भन्ने आरोप निराधार भएको बताएका छन् ।

प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मानिसले गैरजिम्मेवार तरिकाले गलत आरोप लगाउँदै हिँडेको भन्दै बुढीगण्डकीमा भ्रष्टाचार गरेको भन्नेकुरा निराधार भएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री केपी ओल र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । भट्टराईले आफुसँग प्रमाण भएको भन्दै जनलोकपाल कानुन ल्याए आफुले प्रमाणहरु दिनसक्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिएको बताउँदै अरुले निराधार अभिव्यक्ति दिएपनि आफुहरु त्यस्तो बन्न नसक्ने जिकिर गरे ।

ओलीले भने, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन रु कसले गर्छ रु भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काँग्रसले आरोप प्रमाणित गर्न भट्टराईको चुनौती दिइसकेका छन् ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले वलात्कार जस्तो जघन्य अपराका घटनामा मिलापत्र अस्वीकार्य भएको स्पष्ट पारे । मिलापत्रका नाममा बलात्कारका घटनालाई छोपछाप पर्ने काम सैहृय नहुने बताउँदै उनले निन्दनीय र मानवता विरोधी अपराध विरुद्ध अझ कडा कानुन ल्याउने प्रतिवद्धता जनाए ।

ओलीले भ्रष्टाचार नियन्त्रणमा प्रहरीको भूमिका प्रभावकारी हुने बताए । उनले सामाजिक दबाब र भनसुनबाट प्रहरी टाढै बस्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : २४ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको