२० बैशाख २०८१, बिहिबार | May 3, 2024

बुढीगण्डकीमा ९ अर्ब बाँडेर खाएको आरोप निराधार : प्रधानमन्त्री ओली



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा आफुसहित तीन नेताले ९ अर्ब बाँडेर खाएको भन्ने आरोप निराधार भएको बताएका छन् ।

प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मानिसले गैरजिम्मेवार तरिकाले गलत आरोप लगाउँदै हिँडेको भन्दै बुढीगण्डकीमा भ्रष्टाचार गरेको भन्नेकुरा निराधार भएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री केपी ओल र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । भट्टराईले आफुसँग प्रमाण भएको भन्दै जनलोकपाल कानुन ल्याए आफुले प्रमाणहरु दिनसक्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिएको बताउँदै अरुले निराधार अभिव्यक्ति दिएपनि आफुहरु त्यस्तो बन्न नसक्ने जिकिर गरे ।

ओलीले भने, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन रु कसले गर्छ रु भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काँग्रसले आरोप प्रमाणित गर्न भट्टराईको चुनौती दिइसकेका छन् ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले वलात्कार जस्तो जघन्य अपराका घटनामा मिलापत्र अस्वीकार्य भएको स्पष्ट पारे । मिलापत्रका नाममा बलात्कारका घटनालाई छोपछाप पर्ने काम सैहृय नहुने बताउँदै उनले निन्दनीय र मानवता विरोधी अपराध विरुद्ध अझ कडा कानुन ल्याउने प्रतिवद्धता जनाए ।

ओलीले भ्रष्टाचार नियन्त्रणमा प्रहरीको भूमिका प्रभावकारी हुने बताए । उनले सामाजिक दबाब र भनसुनबाट प्रहरी टाढै बस्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : २४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक