२२ बैशाख २०८१, शनिबार | May 5, 2024

हुम्लाको सर्केगाड गाउँपालिका ८० प्रतिशत बालबालिकालाई खोप लगाइयो



सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।

छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीबार र शुक्रबार सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाका छ स्वास्थ्य संस्थाले वर्षभरि गरेका कामको छलफल गरिएको थियो ।

गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या, नियमित बालबालिकामा लगाइने खोप, औषधि पुगनपुग लगायत विषयको समीक्षा गरीएको रिप स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रसिंह कार्कीले बताए ।

नेपाल सरकारको नियमअनुसार ९० प्रतिशत बढी बालबालिकालाई खोपको पहुँचमा पुु्‍र्या‍उनुपर्ने भए तापनि भौगोलिक विकटताका कारण समयमै औषधि नपुगेकाले सोचअनुरुप हुन नसकेको उनले बताए । माग फारामअनुसार औषधि र खोप नपुग्नु, ढुवानीलगायत समस्याका कारण लक्ष्यसम्म पुग्न नसकिएको जनाइएको छ ।

पछिल्लो समय स्वास्थ्यचौकीमा प्रसूति गराउनेको सङ्ख्यामा समेत वृद्धि भएको छ । यातायातको असुविधा र अन्य विविध समस्या भए पनि सोही पालिकाका सायाँ, रिप, उनापानी, जैरलगायत गाउँका प्रायः महिला स्वास्थ्य संस्थामा आएर प्रसूति हुने गरेको कार्कीले बताए ।

भौगोलिक विकटताका कारण समयमै खोप नपुग्नु, जनचेतनाको अभाव, स्थानीय तहले प्रभावकारी भूमिका नखेल्नु र चासो नदिएका कारण सोचेअनुरुप काम गर्न नसकिएको कार्कीले गुनासो गरे । रासस

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : २० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै