३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

नजिकैको डम्पिङ साइटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जोखिम बढाउँदै



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पुरा भइसकेको छ । विमानस्थल निर्माणहुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटर भित्र डमपिङ साइड हुनुहुँदैन । तर यो डमपिङ साइड ५ किलोमिटर भित्रै पर्छ । विमानस्थलबाट डम्पिङ साइड नजिक हुँदा चिल, गिद्ध लगायतबाट कुनैपनि चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ । त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइड हटाउनुपर्ने देखिन्छ ।

पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डमपिङ साइड हटाउने भन्दा पनि विमानस्थल वरिपरी चराचुरुङ्गीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताए ।

विमानस्थलबाट नजिकै डम्पिङ साइड रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनको लागि नयाँ डम्पिङ क्षेत्रको खोजिमा रहेको बताए ।

हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइडको विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि नेपालीले जनाए ।

यसैपनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ । तर फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइडलाई तत्काल हटाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ३८ बजे

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न