५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना



परासी । बडा दशैँको शुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ ।

विगत वर्षमा जस्तो टोलटोलमा नभई सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजाको तयारी गरिएको छ ।

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड गर्न रोक लगाएको छ । नेपाल–भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन । जिल्लामा मूर्तिको अभाव देखिएको छ ।

नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने गरिन्छ । बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ । नेपालमा दक्ष कालिगड अभावका कारण बर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै आएको छ ।

यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन् । कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको पाल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यले बताए । विगत १५ वर्षदेखि मूर्ति बनाउने पेसामा संलग्न मौर्यले दुई वर्षयता भने आफ्नै घरमा कालिगड मगाएर मूर्ति बनाउँदै आएका छन् ।

मूर्ति बेचेरै वार्षिक चार लाख बचत हुने गरेको उनी बताउँछन् । चार स्थानीय कालिगड राखेर गत जेठदेखि नै मूर्ति बनाउन शुरु गरेको मौर्यको भनाइ छ । उनले भने, “एक सेट मूर्ति रु २० हजारदेखि रु ४० हजारसम्ममा बिक्री हुन्छ ।,” बनाएका मूर्ति सबै बिक्री भएकाले अन्य धेरै ठाउँबाट आएका ग्राहकलाई फर्काउनु परेको भन्दै उनले गुनासो पनि पोखे ।

यस्तै पाल्हीनन्दन–१ का अनिल कोंहारलाई पनि अहिले मूर्ति बेच्न भ्याइनभ्याई छ । पहिला भारतबाट आयात गरिने सस्तो मूर्तिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेकामा अहिले आफूले बनाएका मूर्ति धमाधम बिक्री भइरहेको उनी बताउनुहुन्छ ।

“यस वर्ष मैले ३५ मूर्ति बनाएको थिएँ, सबै बिक्री भयो” उनले भने। मूर्ति बेचेर कोंहारले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । चार वर्षदेखि उहाँले घरमै मूर्ति बनाउँदै आएका छन् ।

यसैगरी मूर्तिको माग बढ्दै गएपछि पाल्हीनन्दन–५ का धर्मेन्द्र हरिजनले गत वर्षदेखि आफै मूर्ति बनाउन थालेका छन् । मूर्ति बनाउन आवश्यक माटो, बाँस तथा सजावटका सामान ल्याइ घरमा एक्लै मूर्ति बनाएर बेच्ने गरेको उनले बताए । गत वर्ष पाँच मूर्ति बनाउँदा सबै बिक्री भएपछि अहिले ११ मूर्ति बनाएको हरिजनले बताए । थोरै लागतमा मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन्।

पश्चिम नवलपरासीको हकुई, विष्णुपुरा, गेरमा, महेशपुर बड्की सुनरी, बेलाटारी, गुठिप्रसौनीलगायत स्थानमा व्यावसायिक रुपमा मूर्ति निर्माण गरिँदै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ०० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता