१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आफ्नै कर्मचारी भेन्टिलेटर नपाएर मृत्यु भएपछि बुटवल उपमहानगरले प्रदेश सरकारसँग माग्यो आइसियू र भेन्टिलेटर



बुटवल । बुटवल उपमहानगरपालिका कै समन्वयमा लुम्बिनी प्रादेशिक अस्पतालले स्थापना गरेको कोरोना बिशेष अस्पताल बुटवलमा उपमहानगरको कर्मचारीले भेन्टिलेटर नपाएर मृत्यु भएपछि उपमहानगरले प्रदेश सरकारसँग भेन्टिलेटर र आइसियूका बेड थप गर्न माग गरेको छ ।

उपमहानगरको ६८ औं कार्यपालिका बैठक बस्दै उपमहानगरले प्रदेश सरकारलाई जनस्वास्थ्यमा थप संवेदनशील बन्न आग्रह गरेको हो । बैठकले प्रदेश सरकारसँग सहकार्य र समन्वयका लागि हरदम उपमहानगर तत्पर रहने समेत निर्णय गरेको छ ।

उपमहानगरपालिकाका कर्मचारी नायव सुब्बा नारायण ज्ञवालीको आइसियू बेड अभावका कारण कोरोना संक्रमणबाट शनिबार मृत्यु भएपछि नगरपालिकाले कम्तीमा २५ बेड थप गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उपमहानगरपालिकाले आइसियू र भेन्टिलेटर बेड थपका लागि मापदण्ड पुग्ने नगरभित्रका जुनसुकै भवन समेत उपलब्ध गराउन तयार रहेको बताउदै प्रमुख सुवेदीले आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने स्पष्ट पारे । ।
उपमहानगरपालिले महामारी सुरु हुने बेलामा गत चैतमै बुटवल–१० धागो कारखानामा २४ घण्टामै ५० वेडका कोरोना विशेष अस्पताल र धागो कारखानामै लुम्बिनी प्रादेशिक अस्पताल र विभिन्न संघ संस्थाको सहकार्यमा आइसियू र भेन्टिलेटर सहितका कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो ।

अहिले कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालका आइसियू र भेन्टिलेटर भरिभराउ भएपछि अस्पतालले दाङ, चितवन र नेपालगन्ज् रेफर गर्ने गरेको छ । अस्पतालले रेफर गरेपछि दाङ लैजाने क्रममा अहिले सम्म २ जना संक्रमितको मृत्यु भईसकेको छ ।

संक्रमण तीब्र रुपमा फैलिएपछि निजी मेडिकल कलेजलाई पनि कोरोना अस्पतालमा रुपान्तरण गर्न समुदाय स्तरबाट माग आएको छ ।

उपमहानगरका कर्मचारीको कोरोना संक्रमण भएर समयमै भेन्टिलेटर नपाउँदा निधन भएको समाचार बाहिरिएपछि बुटवल लगायतका क्षेत्रमा चिन्ता र त्रास बढेको छ ।
लक्षण नदेखिएका संक्रमित एक्कासी सिथिल हुने र स्वासप्रश्वासमा समस्या आएर तत्कालै भेन्टिलेटरको साहारामा जानुपर्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छन । महामारीमा यो अर्को चरणको खतराको अवस्था हो ।

बुटवल उपमहानगरमा स्वास्थ्य जन्य बाहेकका काम बन्द

बुटवल वडा नम्बर ८ को कार्यालयमा कार्यरत नायव सुब्बा नारायण ज्ञवालीको कोरोना संक्रमणबाट निधन भएको छ । ४९ वर्षीय ज्ञवाली संक्रमण भएर घरमै आइसोलेसन बसेका थिए । स्वाश्सप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याउदा भेन्टिलेटर नपाएपछि उनको निधन भएको थियो ।
उपमहानगरपालिकाको कार्यालय परिसरमा आइतबार बिहान शोक मनाउदै श्रद्धाञ्जली सभा गरिएको थियो । उपमहानगरपालिको सोमबारदेखि अत्यावश्यक काम बाहेर अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । श्रद्धान्जली सभामा बोल्दै उपमहानगर प्रमुख सुवेदीले उपमहानगरका स्वास्थ्यकर्मीलाई जनस्वास्थ्यको विषयमा जिम्मेवार बन्न आग्रह गर्दै सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गर्न आग्रह गरे ।
कर्मचारी एशोसिएसन उपमहानगर कमिटीको आयोजनामा गरिएको शोकसभामा दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख सुवेदीले जनस्वास्थको विषयमा आफूहरु संवेदनशील रहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ३२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर