४ पुस २०८२, शुक्रबार | December 20, 2025

केएमसी अस्पतालको तेस्रो तलाबाट एक युवक हाम फाले, उपचारको क्रममा मृत्यु



काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज  (केएमसी) को तेस्रो तलाबाट हाम फालेका एक युवककोमृत्यु भएको छ ।

सोलुखुम्बुको जुगु गाउँपालिकाका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको वानेश्वरमा बस्ने ती युवकलाई उनको आमाले आइतबार साँझ अस्पताल भर्ना गरेकी थिइन । निवासमा आगोले पोलेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

महानगरीय प्रहरी वृत्तका गौशालाका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन । कुरुवा बसेकी आमा औषधी लिन गएको बेला उनी झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको