काठमाडौं । नेपालमा कोंरोना भाइरसका संक्रमित १ लाख ३६ हजार कटेका छन् ।
सोमबार थप ३ हजार ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ हजार ७१४ पीसीआर परीक्षण गर्दा ३ हजार ७९० जना थपिएका हुन् ।
यसँगै हालसम्म कुल संक्रमितको संख्या १ दाख ३६ हजार ४६ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सोमबार सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।
जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा २६ हजार ९२७ जना बसेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कुल संक्रमण दरको ६९. ५ प्रतिशत हो ।
प्रतिक्रिया