९ चैत्र २०८१, शनिबार | March 22, 2025

राखेपका नवनियुक्त बोर्ड सदस्यद्वारा शपथ ग्रहण



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी श्रेष्ठलाई मनोनित गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरु कुनै न कुनै भूमिकामा खेल क्षेत्रसंग सम्बन्धित भएकाले खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न बोर्ड सदस्यहरुको योगदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

सोही अवसरमा डिएन घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए । शपथपछि मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाललगायतका पदाधिकारीको उपस्थितिमा नवनियुक्त सदस्यहरुसंग छलफल गरेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : २४ बजे

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर

बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात

खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल

भुर्तुङ समाजद्धारा मानवसेवा आश्रममा सहयोग

बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफको पोल्टामा

बुटवल । बुटवल ब्याडमिन्टन क्लबद्वारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा

सिरहामा दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडितबाट प्रहरीमा जाहेरी

दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडित परिवारबाट प्रहरीमा