१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर थपिए ३०९३ नयाँ संक्रमित, २१०८ जना संक्रमण मुक्त



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । मंगलबार ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ८६१ पीसीआर परीक्षण गर्दा ३ हजार ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३९ हजार १३९ पुगेको छ ।

मंगलबार सक्रिय संक्रमिको संख्या ४१ हजार ७७५ पुगेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् भने होम आइसोलेसनमा २८ हजार १९६ जना बसेका छन् ।

दैनिक सयौंको संख्यामा संक्रमित थपिँदा सक्रिय संक्रमित राज्यको स्रोतले धान्नै नसक्ने अवस्थामा पुगेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार १०८ रहेको प्रवक्ता डा. गौतमले जनाए । हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : ३९ बजे

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा