१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय खहरे खोला नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य सुरु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।

पहिरो पन्छाउनको लागि सम्बन्धित स्थानमा २ वटा मेशिनद्वारा पहिरो हटाउने कार्य भैरहेको छ र थप १ वटा मेशिन आउँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नझरे अबको करिब १/२ घण्टाभित्र पहिरो हटाई सवारि आवागमन सुचारू हुने जानकारी पनि डिभिजनले गराएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : २३ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन