४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा थपिए १५८ नयाँ संक्रमित, हरेक दिन ३ अंकले थपिँदै, हरेक दिन १ को मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना संक्रमण थपिने क्रम निरन्तर बढीरहेको छ । मंगलबार पनि रुपन्देहीमा १५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज ६९ महिला ८९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा बुटवल उपमहानगर मंगलबार पनि धेरै संक्रमित थपिने पालिकामा परेको छ । बुटवलमा ६५ जना नयाँ संक्रमित थपिँदा सिद्धार्थनगरमा ४४ जना, तिलोत्तमामा २७ जना, देवदहमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सम्मरीमाईमा ४ जना, सैनामैना, ओमसतिया र मायादेबीमा २।२ जना तथा मर्चवारी, गैडहवा, रोहिणी र कन्चनमा १।१ जना संक्रमित थपिएका छन् ।

मंगलबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ५१६० पुगेको छ । जिल्लामा २९६६ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ५३ जनाको मृत्यु भएको छ । अनुपातमा हेर्दा रुपन्देहीमा हरेक दिन ३ अंकका दरले संक्रमित थनिे गरेका छन् भने हरेक दिन १ जनाको मृत्यु हुने गरेको छ । रुपन्देहीमा प्रादेशिक अस्पतालका फिवर क्लिनीक देखि कोरोना बिशेष अस्पताल सम्मका सबै बेड संक्रमितले भरिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको