२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

पार्टी एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठन



काठमाडौं । पार्टी एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठनकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी समायोजन सहजीकरण कार्यदल गठन गरेको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच गत बैशाखमै पार्टी एकीकरण भएपनि नयाा पार्टीमा समायोजनको काम भने बाँकी नै थियो । अब पार्टीले कार्यदल गठन गरेर समायोजना प्रक्रिया सक्नका लागि कार्यतालिका नै तयार पारेको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्ने कार्यतालिका बनाएको हो ।

जसपा बैठकले डा. बाबुराम भट्टराईको नेतृत्वमा संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिसकेको छ ।

कार्यदलको कार्यतालिका अनुसार स्थानीय तहको मंसिर १५ सम्म, जिल्ला समन्वय र निर्वाचन क्षेत्रको मंसिर ३० सम्म र जनवर्गीय संगठन, गैरभौगोलिक शिल्पी लगायतको समायोजन मंसिरम महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

समायोजनाका लागि प्रदेश १ मा बनेको कार्यदलमा परशुराम खापुङ, केशव झा, परशुराम बस्नेत र मनिष सुमन रहेका छन् ।

यसैगरी प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् ।

बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् ।

यस्तै, गण्डकी प्रदेशमा हेमराज राई र रमेश यादव रहेका छन् भने लुम्विनी प्रदेशमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् ।

यसैगरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरीलाई कार्यदलमा राखिएको छ भने सुदुरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई राखिएको छ ।

‘कार्यदलले समायोजन कार्यमा सहजीकरण गरी समायोजन कार्य सम्पन्न गर्न सहजकर्ताको भूमिका खेल्नेछ । ‘प्रत्येक कार्यदलले लिखित रुपमा समायोजन सम्बन्धी भए गरेका कार्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।’, जसपाको निर्णमा भनिएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ४८ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा