१ माघ २०८२, बिहिबार | January 15, 2026

पार्टी एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठन



काठमाडौं । पार्टी एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठनकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी समायोजन सहजीकरण कार्यदल गठन गरेको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच गत बैशाखमै पार्टी एकीकरण भएपनि नयाा पार्टीमा समायोजनको काम भने बाँकी नै थियो । अब पार्टीले कार्यदल गठन गरेर समायोजना प्रक्रिया सक्नका लागि कार्यतालिका नै तयार पारेको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्ने कार्यतालिका बनाएको हो ।

जसपा बैठकले डा. बाबुराम भट्टराईको नेतृत्वमा संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिसकेको छ ।

कार्यदलको कार्यतालिका अनुसार स्थानीय तहको मंसिर १५ सम्म, जिल्ला समन्वय र निर्वाचन क्षेत्रको मंसिर ३० सम्म र जनवर्गीय संगठन, गैरभौगोलिक शिल्पी लगायतको समायोजन मंसिरम महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

समायोजनाका लागि प्रदेश १ मा बनेको कार्यदलमा परशुराम खापुङ, केशव झा, परशुराम बस्नेत र मनिष सुमन रहेका छन् ।

यसैगरी प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् ।

बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् ।

यस्तै, गण्डकी प्रदेशमा हेमराज राई र रमेश यादव रहेका छन् भने लुम्विनी प्रदेशमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् ।

यसैगरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरीलाई कार्यदलमा राखिएको छ भने सुदुरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई राखिएको छ ।

‘कार्यदलले समायोजन कार्यमा सहजीकरण गरी समायोजन कार्य सम्पन्न गर्न सहजकर्ताको भूमिका खेल्नेछ । ‘प्रत्येक कार्यदलले लिखित रुपमा समायोजन सम्बन्धी भए गरेका कार्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।’, जसपाको निर्णमा भनिएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ४८ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि