२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केवल भावनात्मक अभिव्यक्तिले कम्युनिस्ट शक्तिहरूबीच एकता सम्भव नहुने बताएका छन् ।

आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिस्ट एकताका लागि सबैभन्दा पहिले आपसी विश्वास र मन मिल्न आवश्यक रहेको बताए ।

मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले भने, “कुराले चिउरा भिज्नेवाला छैन । चिउरा भिजाउनका लागि कि त दही चाहिन्छ, कि त दूध चाहिन्छ ।”

उनले वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै साझा एजेन्डामा सहमति गरेर अघि बढ्नुपर्ने धारणा राखे। विगतका कमजोरी र विसंगतिबारे सबै कम्युनिस्ट दलले आत्मसमीक्षा र आत्ममन्थन गर्नुपर्नेमा उनले जोड दि ए।

“एउटा पार्टीका लागि मात्रै होइन, नेपालका सबै कम्युनिस्ट घटकले आफ्नै पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्नुपर्छ,” उनले भने, “त्यसपछि मात्रै सही निष्कर्षमा पुगेर कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ। भावनाको कुरा गरेर मात्र हुँदैन ।”

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ३० बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर । भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी । कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतको काम अन्तिम चरणमा

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

दमौली । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव