१४ असार २०८३, आइतबार | June 28, 2026

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि, नेपाल-भारतसम्बन्ध खल्बलिन नदिने प्रतिवद्धता



काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको प्रधामन्त्री सचिवालयले स्वीकार गरेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रअका प्रमुख गोयलसँग बुधबार साँझ भेट भएको जनाएका छन् ।

थापाले बिहीबार प्रेस नोट जारी गर्दै प्रधानमन्त्री निवास पुगेर गोयलले प्रधानमन्त्रीसँग् भेट भएको उल्लेख गरेका छन् ।

भेटमा नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले जनाएका छन् ।

थापाले जारी गरेको प्रेस नोटः

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।

उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।

भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
६ कात्तिक २०७७

 

सुरक्षा स्रोतका अनुसार गोयलसहित तीन जनाको टोली बुधबार राति १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी मध्यराति ११ बजेर ४५ मिनेटमा मात्रै बालुवाटारबाट फर्किएका थिए ।

गोयल आज बिहान १० बजेर ८ मिनेटमा दिल्ली फर्किएका थिए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १ : ३८ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल