५ पुस २०८२, शनिबार | December 20, 2025

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि, नेपाल-भारतसम्बन्ध खल्बलिन नदिने प्रतिवद्धता



काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको प्रधामन्त्री सचिवालयले स्वीकार गरेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रअका प्रमुख गोयलसँग बुधबार साँझ भेट भएको जनाएका छन् ।

थापाले बिहीबार प्रेस नोट जारी गर्दै प्रधानमन्त्री निवास पुगेर गोयलले प्रधानमन्त्रीसँग् भेट भएको उल्लेख गरेका छन् ।

भेटमा नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले जनाएका छन् ।

थापाले जारी गरेको प्रेस नोटः

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।

उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।

भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
६ कात्तिक २०७७

 

सुरक्षा स्रोतका अनुसार गोयलसहित तीन जनाको टोली बुधबार राति १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी मध्यराति ११ बजेर ४५ मिनेटमा मात्रै बालुवाटारबाट फर्किएका थिए ।

गोयल आज बिहान १० बजेर ८ मिनेटमा दिल्ली फर्किएका थिए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता