१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विद्युत प्राधिकरणलाई मन्त्री पुनको निर्देशन : दसैंका बेला कतै बत्ती ननिभोस्



काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दसैं पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन पुनले निर्देशन दिएका हुन् ।

‘दसैंका बेला कहीं पनि विद्युत काटिने समस्या नआओस’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।’ प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनको थियो ।

मन्त्री पुनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे । ‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्’ निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नूस् ।’

मन्त्री पुनले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि सरकारले गत चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भार प्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेसन वा क्वारेन्टिनमा राखेर काम गराउने निर्णय गरिएको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत सेवा प्रवाह प्रभावित नभएकामा खुसी व्यक्त गरे ।

‘भार प्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो’ मन्त्री पुनले भने, ‘बोर्डले योजनाबद्ध रुपमा आफ्नै आइसोलेसन र क्वारेन्टिन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा अवरुद्ध भएको छैन ।’

महामारीका कारण ९० लाख विद्यार्थी घरबाटै अनलाइन कक्षा लिइरहेको र ती मध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । दसैं सकिएपछि तिहारका लागि अर्को बैठक बसेर योजना बनाइने जानकारी मन्त्री पुनले दिए ।

त्यसक्रममा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रि«य प्रणालीमा पर्याप्त मात्रामा विद्युत उपलब्ध रहेको जानकारी दिए । सचिव घिमिरेले विद्युत सेवा नियमित गराउन इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गरे । ‘जनताबाट गुनासो नआओस्, सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरौं’ घिमिरेले भने ।

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूर्ण क्षमतामा नचलेका कारण विद्युत मागको चाप गत वर्षको यही समयको तुलनामा कम रहेको जानकारी दिए । माग कम हरेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाड पर्वको समयमा विद्युत सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ थियो ।

भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी १ हजार एक सय १० मेगावाट विद्युत राष्ट्रि«य प्रसारण प्रणालीमा रहेको भन्दै माग भने ७ देखि ८ सय मेगावाटसम्म मात्र रहेको जनाए। ‘हामीसँग अहिले ११ सय १० मेगावाट विद्युत उपलब्ध छ’, भट्टराईले भने, ‘दैनिक माग ७ देखि ८ सय मेगावाट मात्र छ ।’ विद्युत पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट पारे ।

प्राधिकरणको प्रसारण निर्देशनालयका प्रमुख ब्रजभुषण चौधरी र निमित्त प्रमुख दिर्घायुकुमार श्रेष्ठले प्रणालीमा कुनै समस्या नरहेको जानकारी दिए । ‘हाम्रो प्रणालीमा कुनै समस्या छैन’ चौधरीले भन्नुभयो, ‘समस्या आए तत्काल समाधान गर्ने गरी टिम तयारी अवस्थामा छ ।’
ब्ब

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ८ : १८ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने