१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

डिजिटल बैंकिङ्गको प्रयोगमा माछापुच्छ्रे बैंक, दशैंमा डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासव्याक प्रदान गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम रु।१०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजयादशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सकिनेछ ।

क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकहरुको खातामा सिधै जम्मा हुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूनतम रु.२०० वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुपर्नेछ ।

बैंकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०/२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ९ : ३५ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको