२९ भदौ २०८३, सोमबार | September 14, 2026

डिजिटल बैंकिङ्गको प्रयोगमा माछापुच्छ्रे बैंक, दशैंमा डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासव्याक प्रदान गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम रु।१०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजयादशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सकिनेछ ।

क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकहरुको खातामा सिधै जम्मा हुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूनतम रु.२०० वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुपर्नेछ ।

बैंकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०/२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ९ : ३५ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको