७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा कोरोना थपिनेको संख्या २ अंकमा झ-यो, बाँकेमा थपिए ६० संक्रमित



बुटवल । बिहिबार पनि लुम्बिनी प्रदेशका दुई प्रमुख जिल्ला रुपन्देही र बाँकेले कोरोना संक्रमित थप्ने कार्यमा प्रतिस्पर्धा गरेको देखिएको छ । रुपन्देहीमा ८३ जना नयाँ कोरोना संक्रमित थपिँदा बाँकेमा ६० जना थपिएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरमा सबैभन्दा बढी ३१ जना संक्रमित थपिएका छन् भने सुद्धार्थनगरमा २१ जना, तिलोत्तमामा १५ जना कोरोना संक्रमित थपिएकाछन् । त्यसैगरि सैनामैनामा ७ जना, देवदहमा ३ जना, रोहिणीमा २ तथा सुद्धोधन, सियारी, ओमसतिया र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा बिहिबार सम्ममा ६१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ५४३१ जना जिल्लामा कुल संक्रमित पुष्टि भएका छन् ।

उता बाँकेमा बिहिबार २४ महिला र ३६ पुरुष गरि ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा पीसीआर ल्यावबाट आएको रिपोर्ट अनुसार भेरी अस्पतालबाट ३९ जना, नेपालगन्ज मेडिकल कलेजबाट १९ जना र बागेश्वरी ल्यावबाट २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेमा बिहिबार सम्ममा कुल संक्रमितको संख्या २९०१ जना पुगेको छ भने जिल्लामा २९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेमा उपचार गर्न आएका अन्य जिल्लाका १६ जनाको पनि बाँकेमा मृत्यु भएको छ । जिल्लमा अहिले सम्म २२७८ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १० : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११