२९ माघ २०८१, मंगलबार | February 12, 2025

बैंकहरुमा जोखिम बढेपछि घर घरमा सामाजिक सुरक्षाभत्ता



बर्दिया । सामाजिक सुरक्षा भत्ता लिन बैंक जानु पर्ने र बैंक कोरोना कहरका कारण अत्यन्त जोखिमयुक्त स्थान बनेपछि बर्दियाको मधुवन नगरपालिका वडा नं ६ ले घर घरमा सामाजिक सुरक्षा भक्ता वितरण गरेको छ । घर मै सामाजिक सुरक्षाभत्ता पाएपछि जेष्ठ नागरीकहरु हर्षित भएका छन् ।

कोरोनाकहरको बेलामा बैंकमा लाईन बसेर सामाजिक सुरक्षाभत्ता लिन जेष्ठ नागरीक एकल महिला अपाङ्गता भएका व्यक्तीहरुलाई सहज होस भने सामाजिक सुरक्षाभत्ता वितरण गरीएको वडाध्यक्ष भक्तबहादुर सुनारले बताए ।

बैंक सँग समन्वय गरी वडा कार्यालयले घर मै गई सामाजिक सुरक्षाभत्ता वितरण गरेको अध्यक्ष सुनारले जानकारी दिए । उनले बैंक र वडा कार्यालयमा सबै भत्ता लिनआउँदा भिड भाड बढ्ने र जेष्ठ नागरीकहरु असुरक्षितहुने हुँदा घर घर मै भत्ता पुर्याएको बताए । उनले भने –‘हामीले स्वास्थ्य मापदण्ड पुरा गरेर भत्ता बाँडिरहेका छौँ । सबै जना घर मै बसेर दशैँ मनाउनहुन अनुरोध गर्दछौँ ।’

घरमै भत्ता पाएपछि मधुवन नगरपालिका ६ का ७५बर्षिय पदमबहादुर गौतमले कोरोनाको कहरको बेलामा बैंकमा जान जोखिम भएको बताए । उनले भने –‘यस्तो बेलामा घरमै भत्ता ल्याईदिनु भएको छ खुसी छु ।’ ५५ बर्षिया एकल महिला तारावती घलेले संकटको बेलामा घर मै भत्ता ल्याएकोमा खुसी व्यक्त गरिन् । उनले वडा कार्यालयले यसरी नै सँधै भत्ता ल्याई दिएमा अशक्त र जेष्ठ नागरीकलाई सहज हुने बताईन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : १९ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर