१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सेनाको फूलपाती बढाइँ सांकेतिक मात्र, टुँडिखेलमा १०० जना मात्र पाहुना



काठमाडौं । नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन ।

संवैधानिक व्यवस्थानुसार उनी नेपाली सेनाका परमाधिपति हुन् । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ ।

इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ ।’

कोभिड-१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करिब आधा घण्टाको हुनेछ । सो अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ ।

कोभिड-१९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिने छ । सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

विगतमा फूलपाती बढाइँ हर्षोल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दशैँ मनाउन बिदा छाड्ने सेनाको चलन थियो । रासस

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : ३२ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा