१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौ । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट  शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।

हाल बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ५३ बजे

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस

जनकपुरलाई काठमाडौंले दियो ११६ रनको लक्ष्य, राहुल यादवले लिए चार विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक