काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले चार विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए । त्यस्तै, शैफ हसनले दुई विकेट लिए भने मोइन अली, हर्मित सिंह र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।
काठमाडौंका ओपनर स्मित पटेलले १३ रन बनाए भने साम हेजलेट एक रनमै आउट भए । हरिशंकर शाहले नौ रन बनाउँदा रसिद खानले १७ रन जोडे ।
भीम सार्कीले सर्वाधिक ३३ रन बनाएर टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे । सुस्मित महर्जनले १० रन बनाए भने कप्तान करण केसीले १८ बलमा आठ रन मात्रै जोड्न सके ।
काठमाडौंले यस सिजनको पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल खेलिरहेको जनकपुर भने पहिलो जितको खोजीमा छ । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
















प्रतिक्रिया