२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट हटाउन संसदीय दलमा दर्ता गरिएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलको आज बैठकले शाही विरुद्ध पेश भएको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पक्षधर बहुमत सांसदहरु उपस्थित बैठकले प्रस्तावलाई अस्वीकृत गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरु उपस्थित थिए । तर, अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकट यामलाल कँडेलसहितका सांसदहरु भने अनुपस्थित भएका थिए ।

यो विवाद पार्टी केन्द्रसम्म आइपुगेपनि दुई अध्यक्षबीच कुरा नमिल्दा पुनः प्रदेशमै पुगेर बहुमत अल्पतमतमा छिनोफानो भएको हो ।

ओली निकट यामलाल कँडेल समुहले गत असोज २५ गते पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, प्रस्ताव दर्ता गराउन कँडेल समुहलाई साथ दिएका नेपाल पक्षीय सांसदहरु र ३ जना पूर्वमाओवादी पक्षका सांसदहरु प्रस्तावबाट फिर्ता भएपछि शाहीको पक्षमा बहुमत पुगेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शाहीले मुख्यसचेतकबाट गुलावजंग शाहलाई बर्खास्त गरेका थिए । उनले सचेतक सीता नेपालीलाई मुख्य सचेतकमा नियुक्त गरेका थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई बर्खास्त निर्णय फिर्ता गर्न निर्देशन दिएका थिए । तर अध्यक्ष प्रचण्ड र नेता नेपालको साथ पाएका शाहीले ओलीको सो निर्देशनलाई वेवास्ता गरेका थिए ।

शुक्रबारको बैठक नेपालकीकै अध्यक्षतामा बसेको थियो । बैठकमा १८ जना सांसदहरु उपस्थित थिए । नेकपा कर्णाली प्रदेशमा ३३ जना सांसद रहेका छन् ।

आजको बैठकपछि ओली पक्षधर सांसदहरुले भने बहुमतको दम्भ देखाइएको आरोप लगाएका छन् । ओली पक्षले आजको बैठकको औचित्य नभएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : ०० बजे

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय