१९ बैशाख २०८३, शनिबार | May 2, 2026

डिजिटल बैंकिङ कारोबारमा बैंकहरुको जोड



काठमाडौं । कोभिड १९ संक्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । त्यसै पनि केही वर्ष यता नेपालको बैंकिङ क्षेत्र डिजिटल मैत्री बन्दै गएको छ । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैंकहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरेका छन् ।

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पस मेसिन, क्युआर कोड लागयतबाट डिजिटल कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् । कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैंक तथा वित्तीय संस्थाहरु देखिन्छन् ।

डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा पैसा पठाउने, आफूलाई आवश्यक बस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

बैंकहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनिय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् ।

ग्लोबल आईएमई बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख परमेश्वर श्रेष्ठ डिजिटल कारोबारलाई सुरक्षित सहज र व्यवस्थित बनाउन बैंकहरुले ठूलो लगानी गरिरहेको बताउँछन् । श्रेष्ठ भन्छन्, ‘ग्राहकले पनि आफ्नो बैंक खाता नम्बर, पासवर्ड कसैलाई पनि नदिए डिजिटल बैंकिङ सुरक्षित हुन्छ ।’

नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न समयमा दिदै आएका निर्देशिका बमोजिम बैंकहरुले सुरक्षाका प्रावधानहरुलाई अध्यावधिक गर्दै गएको पनि देखिन्छ । त्यसैले पनि पछिल्लो समय नेपालको बैंकिङ सेवा अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको छ ।

सनराइज बैंकका डिजिटल विभाग प्रमुख प्रकाश पौडेलले पनि बैंकहरुले डिजिटल कारोबारमा दिदै आएका सबै सुविधाहरु सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको बताउँछन् ।

यसबाहेक डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि हो । आफुले लिएका कुनैपनि बैंकिङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिन बैंकर्सहरुको सुझाव छ ।

ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरुसँग बैंकले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैंकर्सहरुले आग्रह गरेका छन् ।

त्यसैले आधुनिक जमनाको बैंकिङ सुविधा उपभोग गर्दैगर्दा त्यसको सुरक्षाका लागि बैंक मात्रै नभएर व्यक्ति आफै पनि सचेत हनुपर्ने देखिन्छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ३ : ५८ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन