७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रदेश सभामुख कोरोनामुक्त



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

घर्तीलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो ।

यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी., भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त भएका छन् ।

बर्दघाटका नगरप्रमुख पनि परासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल पनि कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

<रसङ्क्रमण भएको ११ औँ दिनमा आज गरिएको पिसीआर परीक्षणको क्रममा कोरोना रिर्पाेट नेगेटिभ आएको प्रमुख बस्यालले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ४० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल