७ चैत्र २०८२, शनिबार | March 21, 2026

जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल



हुम्ला । अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ ।

सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ ।

सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै विमानस्थलमा थुपारिएको छ ।

प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।

जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् । यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएको यात्रुले बताएका छन् ।

विमानस्थलको जहाज पार्किङ क्षेत्रबाहेक अन्य स्थानमा सामान राख्न पाइने विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । नेपालञ्ज विमानस्थलको उदाहरण दिँदै उनले जहाज पार्किङ र यात्रु जाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिलादेखि नै राख्ने गरिएको उनले जनाए ।

यस वर्ष हुम्लाका व्यापारीले हालसम्मकै सबैभन्दा धेरै जडिबुटी संकलन गरेका छन् । एक व्यापारीले पाँच सय क्विन्टलसम्म जडिबुटी खरीद गरी ल्याएका छन् । संकलित जडिबुटीमध्ये दुई हजार क्विन्टल सदरमुकाम सिमकोट आइपुगेको छ । पचासदेखि चार सय क्विन्टलसम्म जडिबुटी खरीद गर्ने व्यापारीको संख्या २० भन्दा बढी छ । अझै एक हजार चार सय क्विन्टल जडिबुटी संकलन भएका क्षेत्रबाट आउने क्रम जारी छ ।

अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडिबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट ल्याइएको हो ।

चुवाखोला, लुड्फे, रानीसैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३४० टन अर्थात् तीन हजार चार सय क्विन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिइएको जिल्ला डिभिजन वन कार्यालय स्रोतले जनाएको छ । गत वर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जटिबुटीसहित दुई हजार पाँच सय क्विन्टल संकलन भई निकासी भएको थियो ।

हाल संकलन भइरहेका कारण विभागबाट छुट पुर्जी ल्याइएपछि कार्यालयले नापतौल गर्ने छ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी ४५० रुपैयाँ सम्म मूल्य तिरेका छन् । सिमकोटसम्म ढुवानी दर प्रतिकेजी १४० रुपैयाँसम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालयले संकलन पुर्जी दिए तापनि निकासी पुर्जी भने नदिएको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : ०३ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा