६ बैशाख २०८१, बिहिबार | April 19, 2024

हिमपात र चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो



सिमकोट । हिमपातपछि बढेकाे अत्याधिक चिसोले हुम्ला सिमकोटसि्थत विमानस्थल निर्माण प्रभावित भएको छ । चिसाेले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।

विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले बताए ।

सिमकोट विमानस्थल निर्माण योजनाको ६० प्रतिशत कार्य सम्पन्न भए पनि मुख्य काम कालोपत्रे भएका कारण चिसोले गर्दा बन्द गरेको प्राधिकरणका गुप्ताले बताए । एप्रोन निर्माणका लागि निर्माण कम्पनी एपेक्स द ग्याल्भा क्यारा भ्यान जेभिसँग आर्थिक वर्ष ०७५/०७६ मा निर्माणका लागि सम्झौता भएको थियो ।

यस्तै, एप्रोनमा कालोपत्र गर्ने ३५ प्रतिशतका काम सम्पन्न भएको छ भने ६५ प्रतिशत काम रोकिएको उनले बताए । चिसोमा कालाेपत्रे सेट नहुने भएका कारण अन्य काम सम्पन्न भए पनि कालोपत्र रोकेकाे उनले बताए । झण्डै एक महिनादेखि कालोपत्र रोकिएका छ भने बर्खा लागेपछि मात्रै सुरू हुने भएको गुप्ताले जानकारी दिए ।

सिमकोट विमानस्थलमा हालको एप्रोनले जहाजलाई पार्किङमा समस्या देखिएपछि नयाँ एप्रोनको निर्माण थालिएको होे । विगतमा कोरोनाको समस्याले काम रोकिएको र गत असोजबाट सुरू भएको काम अहिले चिसोले काम अगाडि बढ्न नसकेको हो ।

सिमकोट विमानस्थल निर्माण आयोजनाका लागि १९ करोड लागतमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गरेको छ । नयाँ एप्रोनको कार्य सम्पन्न भएपछि चार वटा साना जहाजलाई पार्किङ गर्न सहज हुने भएको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ५५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी