४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

विश्व स्वास्थ्य संगठनद्वारा आगामी महिना कोभिड समस्या थप बढ्ने चेतावनी



विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

गेब्रेयसे यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ ।

महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल नभइसकेको बरु कतिपय देशहरुमा अझै बढ्दै गएको भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने चेतावनी दिएका हुन् ।

एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले भने, ‘कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ ।’

विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै उनले अहिले हामी महामारीको निकै समस्याको अवस्थामा रहेको बताएका छन् ।

हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न महासचिव गुटर्रेसले आग्रह गरेका थिए ।

महासचिव गुटर्रेसले विश्वमा अहिले पनि बढ्दो रुपमा नै देखिएको कोरोना महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउनसक्ने भएकोले त्यस विषयमा सोच्न आग्रह गरेको केही समयपछि यता विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो चेतावनी आएको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ३ : ०८ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म