५ पुस २०८२, शनिबार | December 20, 2025

शनिबार थपिए २ हजार २२५ नयाँ संक्रमित, २ हजार ८४६ जना संक्रमणमुक्त



काठमाडौं । आज शनिबार । महाअष्टमीको दिन । देशभर कोरोना भाइरसको संक्रमणका कारण सबैका लागि दशैं खल्लो भएको छ । भाइरसका कारण परिवारका सदस्य संक्रमित हुने या मृत्यु हुनेको परिवार दुःख, पीडा र शोकमा छन् ।

भाइरसको कहर भने निरन्तर फैलिँदो क्रममा छ । यसैपनि आगामी जाडोयाममा भाइरस झन बढी सक्रिय हुने वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् ।

शनिबार नेपालमा कोरोना भाइरसका २ हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै देशभर कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

शनिबार सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो अपडेटमा जनाइएको छ ।

शनिबार संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । २ हजार ८४६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म निकोहुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यसँसँगै हालसम्म मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ४ : २० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता