१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा पर्सा सचिव हत्याकाण्डको छानविन गर्न काँग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सा जिल्लामा भएको नेकपाबीचको झडप र हत्या घटनाको छानवीन गर्न माग गरेको छ ।

गत असोज ६ गते भएको दुईपक्षीय गुट झडपमा नेकपा पर्साका सचिव मुकेश चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् ।

‘पर्साका घटना विवरण अत्यन्तै दुःखद छ । अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्‍ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्‍ने भन्दै प्रश्न समेत गरेको छ ।

दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘पर्साको घटनाले सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ । घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिइ कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो ।’

‘तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ’, काँग्रेसको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ०६ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल