३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएको प्रतिगामी प्रवृत्तिलाई परास्त गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

आइतबार राजधानीको राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले गत भदौ २३ र २४ गते भएका घटनालाई लोकतन्त्र र वामपन्थी आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रको संज्ञा दिए ।

उनले आफ्नो नेतृत्वको वैधानिक सरकारलाई झुटा आरोप, सामाजिक सञ्जाल र ‘मोबाइल फार्मिङ’मार्फत जनमत प्रभावित गरेर हटाइएको दाबी गर्दै सरकार गठन र परिवर्तन संसद्को अधिकार भए पनि बलपूर्वक संसद् विघटन गरी प्रतिगमनलाई संस्थागत गर्ने प्रयास भएको आरोप लगाए ।

अध्यक्ष ओलीले देशविरुद्ध दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै एमालेलाई कमजोर नठान्न चेतावनी दिए । “हामी मरेका छैनौँ, धुलो टक्टक्याउँदै फेरि उठ्छौँ,” भन्दै उनले प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै अग्रगामी परिवर्तनको यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले एमालेको राजनीतिक, सामाजिक र आर्थिक नीति सही दिशामा रहेको दाबी गर्दै पार्टी एकताका नाममा नीतिगत सम्झौता नगर्ने स्पष्ट पारे । साथै, जनताको बहुदलीय जनवाद (जबज)लाई समयानुकूल परिमार्जन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने एमालेको उद्देश्य रहेको बताए ।

ओलीले वर्तमान राजनीतिक चुनौतीको सामना गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएकोमा जोड दिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ४७ बजे

शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै

एनपीएलले पायो आईसीसीको आधिकारिक टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र