७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना संक्रमणबाट १९ देशमा २८४ नेपालीको निधन



लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।

यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।

यस्तै नेपालमा मात्र १ लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० प्रतिशत हो ।

हिजो शनिवार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।

मास्कको प्रयोग गरौं

मास्कको प्रयोग गर्नाले सयौंको संख्या मानिसहरुको ज्यानबाट जोगिने गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

मास्कको प्रयोगका कारण संक्रमण बृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

संयोजक डा.सापकोटाका अनुसार अमेरिका, युरोपका देशहरुका गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निस्कर्ष निकालिएको छ ।

स्वास्थ्य समितिले सार्वजनिक स्थलमा निस्किदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउनसमेत अनुरोध गरेको छ ।

उद्दार

कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुको उद्दार जारी रहेको छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३२ देशका १ लाख २० हजार ८ सय २९ जना नेपालीहरुको उद्दार गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ११ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ