७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीले विदेशी गुप्तचरलाई समकक्षी जस्तै भेट्नु नेपालको कुटनीतिक इतिहासमा पहिलो घटना : नेकपा प्रवक्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा भारतीय गुप्तचर संस्थाका प्रमुखसँग दुई घण्टा लामो भेटघाट गरेपछि त्यसविरुद्ध निरन्तर आलोचना भैरहेको छ ।

प्रधानमन्त्रीको कामप्रति स्वयं सत्तारुढ नेकपाकै नेताहरुले तिखो प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचरसँग भेटेर राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरित समकक्षी झैं औपचारिक वार्ता गर्नु नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा पहिलो घटना पहिलो भएको पनि श्रेष्ठले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो ।’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेटेको जनाएका छन् । उनले यसबारेमा पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको बताएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई